सुनको मूल्य बढेको बढ्यै, तोलाको ८० हजार नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 11:22:34 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतबार नयाँ उचाईँमा पुगेको सुनको भाउ उक्त रेकर्ड तोड्दै आज फेरि नयाँ उचाईमा पुगेको हो । गत मंगलबारदेखि नै हरेक दिन नयाँ उचाई कायम गर्दै आएको सुनको भाउले आज फेरि रेकर्ड तोडेको हो । 

आइतबार ७८ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १५ सय रुपैयाँले बढेर तोलाको ८० हजार ३ सय पुगेको छ । आज तेजावी सुन पनि तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला ८० हजार रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ९२५ रुपैयाँ प्रतितोला पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६८ हजार ८ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६८ हजार  ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७९३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved