संसदमा स्वीकृत हुन पाएँन अर्थमन्त्री खतिवडाको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 05:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको प्रस्ताव स्वीकृत हुन् पाएँन । मन्त्री खतिवडाले बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा स्वीकृत हुन् नपाएको हो

मन्त्री खतिवडाले प्रस्ताव प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेको भन्दै नेपाली काँग्रेसका अतहरकमाल मुसलमानले नियमापत्ति जनाएका थिए । तीन मिनेट जनाउ घण्टी दिएर सांसदको सङ्ख्या गणना गर्दा पनि कुल सदस्य सङ्ख्याको एक चौथाइ (६९) हुनुपर्नेमा ५८ सांसदको मात्र उपस्थिति देखिएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए ।

तर १५ मिनेटपछि पनि गणपुरक संख्या नदेखिएपछि बैठक बुधबारसम्मको लागि स्थगित भएको छ । बुधबार मन्त्री खतिवडाले पुन: उक्त प्रस्ताव पेश गर्नु पर्ने भएको छ । 

बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव भने स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको सो प्रस्ताव बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved