मुक्तिनाथले ल्यायो १५ वर्षे घर कर्जा योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 06:21:57 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Mega Bank Nepal Limited ले 'मुक्तिनाथ घर पूँजी कर्जा' सञ्चालनमा ल्याएको छ । बैंकले आवासीय प्रयोजनका लागि ल्याएको उक्त कर्जा योजना १५ बर्षको लागि लिन सकिने जनाएको छ । 

अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने गरी उक्त कर्जा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यस्तै बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी तथा अपार्टमेन्टमा भएको स्व–लगानीमा डेब्थ लिभरेज दिने गरी ईक्यूईटि फाईनान्सीङग गर्नै जनाएको छ ।  

यसका साथै बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ । यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न पुँजी प्रदान गर्ने बैंकले जनाएको छ । 

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फ सेवाहरु प्रदानगर्दै आई रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved