शाइन रेसुगाका ग्राहकलाई सिद्धबाबा अस्पतालमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 07:16:36 PM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैक Shine Resunga Development Bank Limited  र सिद्धबाबा सुपर स्पेसलिस्ट इन्टरनेसनल हस्पिटल एण्ड रिसर्च सेन्टर बीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र अस्पतालका निर्देशक डा  दिपेश प्रधानले हस्ताक्षर गरेका हु्न् । 

बैंकका खातावाल ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउंदा लाग्ने शुल्कमा छुट पाउने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालमा जनरल चेकजांच, फूल बोडी चेकअप, प्याथोलीजी, रेडियोलोजी र बेड चार्जमो १० प्रतिशत छुट पाउनेछन् । यसअघि बैंकले नेपालगञ्ज मेडिकल कलेजसंग पनि यस्तै सम्झौता गरिसकेको छ । यो सम्झौतापछि बैंकका ७० वटा शाखा कार्यालयका चारलाख भन्दा बढी ग्राहक लाभान्वित हुने छन।

दुई अर्ब चुक्ता पुंजी रहेको बैंकको पुस मसान्तसम्म निक्षेप २७ अर्ब १२ करोड तथा कर्जा लगानी २४ अर्ब ३२ करोड रहेको छ । बैंकले ७० वटा शाखा मार्फत सेवा दिदै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved