१२ पास गरेपछि नेपाल मै पढ्न पाइन्छ एक्चुअरी , मासिक १० लाख आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 09:46:36 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरूको वित्तीय विवरण तयार पार्नेदेखि लिएर नयाँ बीमा योजना बनाउन बीमाङ्की अर्थात् एक्चुअरीको आवश्यकता पर्छ  । बीमाङ्कीले प्रीमियम निर्धारण, वित्तीय विवरणको परीक्षण र जोखीम मूल्याङ्कन गरेर बीमालेख विकास गर्ने काम गर्छन् ।  

 तर नेपालमा बीमा व्यबसाय सुरु भएको ७ दशक बिती सक्दा पनि  नेपालमा बीमांकी अध्ययन गरेका एकजना पनि छैनन्  । नेपालमा बीमाङ्की नहुँदा नेपालका बीमा कम्पनीहरु विदेशी बीमाङ्कीको भर पर्नु पर्ने बाध्यता छ । विदेशी बीमाङ्कीको भरमा पर्दा समयमा नै बीमाङ्कीय मूल्याङ्कन नहुँने समस्या रहँदै आएको छ । साथै बीमा कम्पनीहरुले समयमा नै साधारणसभा समेत गर्न सक्दैनन् । यति मात्र नभई कम्पनीहरुले आफ्नो वासलात तथा बीमालेखका लागि ल्याएका बाहिरी मुलुकका बीमाङ्कीलाई महङ्गो रकम समेत तिर्नु पर्छ । 

नेपालमा बीमाङ्कीको पढाई नहुने भने होइन । ढिलै भएपनि  त्रिभुवन विश्वविद्यालयले  विज्ञान संकाय अन्तर्गत ०७३ साल असोजबाट बीमाङ्की विषय अध्यापन सुरु गरेको छ । बीमा कम्पनीहरुमा देखिएको बीमाङ्कीको समस्यालाई मध्यनजर गर्दै बीमाङ्की विषय अध्यापन गर्न थालिएको पोग्राम कअडिनेटर केशव राज फुलाराले बताउछन् । 

उनका अनुसार चार वर्षे स्नातक तहमा आठ सेमेस्टर हुन्छ भने पाँचवटा विषय पढाइ हुन्छ । ४ वर्षसम्म पढाई हुने यो कोर्समा ८ वटा सेमेष्टर रहेका हुन्छन् । यो बीचमा १३ वटा परीक्षा दिनु पर्ने हुन्छ । यो मध्ये ७ वटा परीक्षा पास गरेपछि एसोसियट एक्चुरअरीको लाइसन्स पाइन्छ भने बाँकि ६ वटा  पास गरेपछि फेल्लो एक्चुरअरीको लाइसन्स पाइन्छ। कक्षाको पढाई मात्र नभई यो कोर्समा इन्टर्न समेत गर्नु पर्छ  । विश्वविद्यालयले नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्समा इन्टर्नशिपको लागि ब्यबस्था मिलाएको छ । पढ्ने कोर्स ४ वर्षको अवधि रहेपनि त्यसपछि इन्टर्न गर्नु पर्ने भएकोले विद्यार्थीले इन्टर्नमा जति छिटो आफ्नो दक्षता देखाउन सक्छन् त्यति नै छिटो एक्चुरअरीको प्रमाणपत्र पाइन्छ । 

 हाल विश्वविद्यालयमा ११६ जनाले बीमाङ्की पढीरहेका छन् ।  बीमाङ्की विषय पढ्नका लागि जुनसुकै संकायमा प्लस टु दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनु पर्छ । यसका साथै १०० पूर्णाङ्कको गणित विषय अनिवार्य रुपमा पढेको हुनु पर्ने छ । 

नेपाल मै पहिलो पटक अध्यापन गराउन थालिएको यो विषय पढ्नका लागि ४ लाख ७० हजार रुपैयाँ लाग्छ । यस अघि ३ लाख ७० हजार शुल्क कायम गरिएको थियो भने अहिले शुल्क बढेको हो ।  एउटा सेमेष्टर बराबर ५५ हजार शुल्क लाग्ने र सो शुल्क समेष्टर अनुसार बुझाउनु पर्ने पोग्राम कोअडिनेटर  फुलारा बताउछन् ।  

एउटा समेस्टरमा ३६ जनाको कोटा रहेको छ भने एक समेस्टरमा ४ जनाले छात्रवृत्ति पाउछन् ।  प्रवेश परीक्षा टपर एक जना, सरकारी स्कुल बाट एसएलसी र प्लस टु पास गरेका विधार्थीहरु मध्ये पनि जसको धेरै अङ्क छ उनीहरुबाट ३ जनालाई छात्रवृत्ति दिने गरिएको विश्वविद्यालयले जनाएको छ  । 

एक्चुअरी लाईसेन्स पाईसकेपछि उनीहरुको कमाई न्युनतम मासिक १० लाख हाराहारीमा हुन्छ । एउटा एक्चुअरी धेरै वटा कम्पनीमा पनि आवद्द हुन् सक्ने भएकोले आम्दानी झन् बढ्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved