मातातिर्धको जग्गा विधि अनुसार नै मोहीलाई दिएको हुँ : डा. भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 02:49:03 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व प्रधानमन्त्री एवम समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मातातिर्थको जग्गा राजनीतिक र कानुनी रुपमै निर्णय गरेर मोहीलाई वितरण  बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले जग्गा राजनीतिक र कानुनी निर्णय अनुसार नै  मोहीलाई वितरण गरेको तर व्यक्तिलाई जग्गा वितरण नगरेको बताएका हुन्।

उनले आफ्नो कार्यकालको सरकारले नेपाल ट्रस्टको जग्गा व्यक्तिलाई बाँडेको भन्ने कुरा झुटो भएको दावी गरेका हुन्  । उनले सोझासाझा जनताले दर्ता गर्न नसकेको अवस्थामा आफूले उक्त जग्गा पुनः मोहीहरुलाई दिएको बताए ।

उनले ललिता निवासको जग्गा र मातातीर्थको जग्गा प्रकरण फरक भएको समेत बताए ।  उनले ललिता निवासको जग्गा प्रकरण भूमाफियाहरुको योजनामा ‘लुट’ नै भएको भन्दै  मातातीर्थ प्रकरण फरक भएको बताए । 

डा.भट्टराईले सम्पूर्ण प्रक्रिया पुरा गरेर नै आफूले निर्णय गरेको बताए । नेपाल ट्रस्टको सूचना अनुसार विधिसम्मत नै आफूले उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको उनले प्रष्ट पारेका हुन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved