निर्जीवन बीमा कम्पनीले संलकन गरे १७ अर्ब बढी बीमाशुल्क, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 01:38:37 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्जीवन बीमा कम्पनीले १७ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीले १७ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । 

यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याकं अनुसार यस अवधिमा शिखर इन्स्योरेन्सले दुई अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क सकलन गरेको देखिएको छ । 

त्यस्तै, शिखर इन्स्योरेन्स पछि सगरमाथा इन्स्योरेन्सले एक अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  त्यस्तै, नेको इन्स्योरेन्स, सिद्धाार्थ इन्स्यारेन्स, प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले अर्ब भन्दा बढी बीमाशुल्क संकलन गर्न सफल देखिएका छन् ।  यस अवधिमा नेको इन्स्योरेन्सले एक अर्ब ४९ करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ३८ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले एक अर्ब २३ करोड, एनएलजी इन्स्योरेन्सले एक अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

कसको कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved