एशियन लाइफ इन्स्योरेन्सले कोरोना रोकथामका लागि ३५ लाख रुपैयाँ दिने भएको छ । इन्स्योरेन्सले १३ औं वर्ष प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सो रकम सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
कम्पनी, संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुको तर्फबाट सातवटै प्रदेश सरकारलाई ५ लाख रुपैयाँको दरले जम्मा ३५ लाख रुपैयाँ दिन निर्णय गरेको हो ।