पोखरामा कोरोना संक्रमित भेटिएका छैनन् : स्वास्थ्य मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 04:49:17 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयले कास्कीमा कोरोना भाइरसको संक्रमित भेटिएको खबर सत्य नभएको बताएका छन्  । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले हालसम्म पोखरामा कुनै संक्रमित नभेटिएको बताएका हुन्  । 

प्रदेशहरुमा पनि अहिले कोरोना परिक्षण गर्ने मसिन तथा त्यसमा प्रयोग हुने रेजेन्ट गएको र परिक्षण सुरु गर्नु अगाडी भ्यालीडेसन् गर्नु पर्ने उनले बताए  । त्यस क्रममा केहि परिक्षण डबल गर्नु पर्ने, र यो सधैको लागि नभई सुरुवातको लागि मात्र हुने उनले बताए  । केहि शंकास्पद केसलाई प्रमाणित गर्नको लागि केहि नमुना दोहोरो परिक्षण गर्नु पर्ने उनले बताए  ।  जस अनुसार हालसम्म कुनै संक्रमित नभेटिएको उनले प्रष्ट पारे  । अहिले पोजेटिभ देखिएको भनिएको केस पनि त्यस्तै हुन सक्ने उनको संकेत थियो

यस अघि कर्णाली प्रदेश सरकारका एक मन्त्रीले भारतबाट आएका व्यक्तिको पहिलो रिपोर्ट  पोजेटिभ आएको बताएका थिए  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved