भारतबाट ल्याईएका तरकारी तथा फलफूल प्रयोग नगर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 05:07:38 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । हालको विषम परिस्थितिमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना संक्रमण नरहने विश्वस्त आधार नभएकोले नगर क्षेत्रमा भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न आग्रा गरेको हो ।

नगरपालिकाले भारतबाट आयात हुने तरकारी तथा फलफूलको खरीद, विक्री–वितरण तथा उपभोग नगर्नु÷नगराउनु हुन सम्पूर्ण नगरबासीमा अनुरोध गरेको हो । स्वदेशमै उत्पादित कृषिउपज भिडभाड नगरी व्यक्तिबीचको दुरी कायम गरी तोकिएको समयमा मात्र खरिद, विक्री–वितरण गर्न नगरपालिकाले सबैलाई सूचित गरेको छ ।

तिलोत्तमाले लकडाउनको अवधिको लागि अत्यावश्यक खाद्यान्न तथा तरकारी खरीद तथा विक्रीको लागि बिहान ११ देखि २ बजेको समय तोकेको छ । त्यस्तै दुधको खरीद तथा विक्रीको लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय निर्धारण गरेको छ । "नगरवासीले स्थानीयस्तरमा आफूसक्दो कृषिउपज उत्पादन कार्यमा जुट्न हुन समेत सम्पूर्ण नगरबासीमा अनुरोध छ”–प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved