मेलम्ची आयोजनाका कामदार धमाधम घर फर्किदै

रासस

रासस

Apr 03, 2020 | 05:46:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरेपनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार भने धमाधम घर फर्किएका छन् । पहिलो पटक ‘लकडाउन’ घोषणा हुँदा सिन्धुपाल्चोककै कामदारले काम छाडे पनि अरु जिल्लाबाट आएका कामदार काम गरिरहेका थिए । अहिले ती कामदार ‘लकडाउन’ लम्बिएपछि जिल्ला प्रशासन कार्यालयबाट पास मगाएर घर फर्किएका छन् ।

घर जान चाहेकालाई आयोजनाले पनि आवश्यक समन्वय गरेको आयोजनामा कार्यरत वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए ।

निर्माणस्थलमा रहेका सामग्री त्यसै छाडिदिँदा खेर जाने भएकाले पहिलो साता काम गरिएको थियो । निर्माण कम्पनी सिनो हाइड्रोले सबै चिनियाँ र उपलब्ध नेपाली कामदारलाई काममा लगाएको थियो । दुई तीन दिन पहिलेसम्म पनि आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माणको काम भएको थियो । 

अहिले करिब ५० जना चिनियाँ कामदार निर्माणस्थलमा रहेका छन् । केही दिन अघिसम्म त्यति नै सङ्ख्यामा नेपाली कामदार कार्यरत थिए । गत सातासम्म निर्माणको काम हुँदा स्थानीयवासीले विरोध गरेका थिए । वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठका अनुसार सो क्षेत्रका जनप्रतिनिधिले पनि बाहिरबाट मानिस आउने जाने हुँदा कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भन्दै तत्काल रोक्न भनेका थिए । श्रेष्ठले भने, “वडाले नै तत्काल आवातजावत नरोके समातेर क्वारेन्टाइन राख्ने भनेको थियो ।”

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved