सनराइज बैंकले प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 05:59:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) वितरण गरेको छ । बैंकले प्रदेश २ र गण्डकी प्रदेश कार्यलय मार्फत पीपीई वितरण गरेको हो ।

बैंकको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख रबिन्द्र केसीले ५० थान पीपीई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङ्गलाइ हस्तान्तरण गरेको जनाइएको छ । यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई हस्तान्तरण गरेको बतइएको छ । बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री नवल कुशोर साहलाई उक्त उपकरण  हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

त्यस्तै बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved