आईजीपी छनौट गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 09:11:50 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार अपरान्ह मन्त्रिपरिषद् बैठक बस्दैछ । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) छनौट गर्न मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि बुधबारबाटै अवकाश पाउनेछन् ।

नयाँ महानिरीक्षकको दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । दावेदार देखिएका दुवै एआईजीले आफूहरु २ मध्ये जो महानिरीक्षकमा बढुवा भए पनि हुने बताउँदै आएका छन् । 

प्रहरी प्रधान कार्यालयले बुधबार आईजीपी ज्ञवालीको विदाइ कार्यक्रम राखेको छ । ज्ञवालीको बिदाइसँगै बढुवा भएर आउने नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved