मंगलबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 11:28:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार ९० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९० हजार ९०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ७०० रुपैयाँले नै बढेर ९० हजार ४६० रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज मगंलबार तोलामा १० रुपैयाँले बढेर प्रति तोला ९५० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ९३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ५५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८१४ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved