किसानले पाए राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 11:39:16 AM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुरको गैँडाकोट नगरपालिकामा गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । कृषि मन्त्रालयमार्फत विनियोजित रकम सो नगरपालिकाले किसानलाई प्रदान गरेको हो ।

नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आज आयोजित कार्यक्रममा गैँडाकोटका किसानलाई प्रतिकट्ठा ६४० का दरले  क्षतिपूर्ति रकम उपलब्ध गराए । नगरपालिकाको १० देखि १८ नं वडाका किसान गरिमा धानमा बाला नलागेपछि पीडित बनेका थिए । नगरपालिकाले प्रतिकठ्ठा रु छ हजार क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो ।

उनले केही नहुनुभन्दा  थोरै भए पनि किसानलाई राहत भएकोे र यस वर्षदेखि माटो परीक्षणको व्यवस्था मिलाउने जानकारी दिए । गत वर्ष नेपालमा गरिमा जातको धान नवलपुर, चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ जिल्लामा बढी लगाइएको थियो ।

सो अवसरमा वडा नं १२ का वडाध्यक्ष वीरबहादुर थनेत, वडा नं ११ का वडाध्यक्ष गोविन्द सुवेदी, वडा नं १३ का वडाध्यक्ष पदमलाल पौडेल र वडा नं १० का वडा सदस्य कृष्णप्रसाद सापकोटालगायतको सहभागिता थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved