धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीलाई आईपिओ पनि किन्न नदिन सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 01:34:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेका कर्मचारीलाई शेयर खरिद बिक्रि गर्न बन्देज लगाउन ब्यबस्था गर्न सिफारिस गर्दै अर्थ समितिमा प्रतिवेदन पेश भएको छ ।   समितिले पूँजीबजार तथा मुद्राबजार बारे अध्ययन गर्ने गठन गरेको उपसमितिले  कर्मचारीलाई साधारण सेयर (आईपिओ)मा समेत आवेदन दिन रोक लगाउन सिफारिस गरेको हो 

राम कुमारी झाक्री नेतृत्वको उप समितिले बोर्ड र नेप्सेका कर्मचारीले सेयर भरेर चलखेर गर्ने गरेको आरोप लगाउदै शेयर खरिद बिक्रिमा बन्देज लगाउन सुझाव दिएको हो । उपसमितिले यदि कर्मचारीसंग अहिले शेयर रहेको भए सो समेत बिक्रि गर्न लगाउने ब्यबस्था गर्न भनेको छ । यो प्रतिवेदनमाथि पूर्ण समितिमा छलफल भने हुने छ 

हाल पनि नेप्से र बोर्डका कर्मचारीले दोस्रो बजारमा लगानी गर्न पाउदैनन् । बोर्डका कर्मचारीहरुले अंकित मूल्यमा निष्काशन हुने आईपिओमा मात्र आवेदन पाउँछन् । उनीहरुले दोस्रो बजारमा र प्रिमियममा निष्काशन हुने आईपिओमा लगानी गर्न पाउदैनन्  । त्यस्तै नेप्सेका कर्मचारीले पनि आईपिओमा मात्र लगानी गर्न पाउने ब्यबस्था छ । उनीहरुले दोस्रो बजारबाट शेयर खरिद बिक्रि पाउने छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved