भारतमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 01:57:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा गत २४ घण्टामा कोभिड–१९ का २२ हजार २५२  नयाँ बिरामी थपिएपछि संक्रमितको सात लाख नाघेको छ । भारत हालसम्म कुल संक्रमितको संख्या ७ लाख १९ हजार ६६५ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । 

विगत २४ घण्टामा भारतमा थप २२ हजार २५२ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४६७ संक्रमितको मृत्यु भएपछि कोरोना भाइरसबाट २० हजार १६० जनाको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।

विज्ञप्तिका अनुसार मङ्गलबार बिहानसम्म ४ लाख ३९ हजार ९४८ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।” मङ्गलबारसम्मको विवरणअनुसार भारतमा अझै २ लाख ५९ हजार ५५७ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरेहका छन् ।

भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ २ लाख ११ हजार ९८७ संक्रमित भएकामा ८७ हजार ६७७ अझ संक्रमित अवस्थामा नै रहेका छन् । महाराष्ट्रमा १ लाख १५ हजार २६२ जना निको भएका छन् । त्यसैगरी महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणको कारण ९ हजार २६ जनाले ज्यान गुमाएका छन् । 

दोस्रो स्थानमा तमिलनाडु रहेको छ र यहाँ १ लाख १४ हजार ९७८ जना संक्रमित रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेश रहेको छ । एक लाख  ८२३  जनामा कोरोना भाइरस संक्रमण रहेको छन । 

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि  व्यवसायिक अन्तराष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved