हिमालयन उर्जा विकासको कारोबार खुला, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 08:34:27 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन उर्जा विकास कम्पनीको शेयर कारोबार खुला भएको छ । कम्पनीको HURJA  सिम्बलबाट कारोबार खुला भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९८.३६ देखि २९५.०८ सम्मको सुरुवाती रेन्ज दिएको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणा सम्मको मूल्य दिने गरेको छ ।

अब नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै  पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ  । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गरी पहिलो मूल्य तोकिनु पर्ने छ । 

मंगलबार कम्पनीको ९९ लाख कित्ता शेयर सुचिकृत भएको हो  । कम्पनीले चैत्र २० गतेदेखि  १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved