प्राइम कमर्शियल बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 09:47:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा प्राइम कमर्शियल बैंकको शेयर मूल्य समायोजन भएको छ  । १६ प्रतिशत बोनसमा कम्पनीको मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य  ३१८.९७ तोकिएको छ भने बैंकको औसत आधार मूल्य ३६७.४१ रहेको छ  ।

कम्पनीके साधारणसभाको लागि आज जेठ ९ गते बुक क्लोज गरेको हो ।



बैंकले जेठ २६ गतेको लागि साधारणसभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई  १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ  ।  साधारणसभाले मर्जर वा एक्विजिशनमा जान सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गर्ने छ । यस अघि प्राइम र  ओम डेभलपमेन्टको मर्जर प्रक्रिया भाँडिएको थियो ।   साधारण सभाले संस्थापक शेयरधनीहरुबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ५ जना सञ्चालक  निर्वाचन समेत गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रहेकोमा प्रस्तावित बोनसपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड  पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved