बैदेशिक रोजगार व्यवसायमा रहेका समस्या समाधान गरिदिन पटक पटक आग्रह गर्दा समेत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वास्ता नगरेपछि म्यानपावर व्यवसायीले प्रधानमन्त्रीलाई गुहारेका छन।
इजाजत लिनलाई राखिने धरौटी रकमको ब्याज पाउनुपर्ने लगायतका लिखित माग पुरा गरिदिन पटक पटक भन्दा पनि श्रम मन्त्री बिष्टले वास्ता नगरेपछि म्यानपावर व्यवसायीले बिहीबार प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएका हुन्।
श्रममन्त्रीले अटेर गरेकाले बैदेशिक रोजगारको क्षेत्र अस्तव्यस्त भएको भन्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिले ६ बुंदे लिखित माग प्रधानमन्त्री कार्यालयमा पेश गरेका छन। धरौटी रकममा ब्याज दिन, मर्जरमा जाने म्यानपावरलाई बिशेष सहुलियत दिन, १ बर्षदेखि रोकिएको मलेसियाको रोजगारी खुलाउन, कामदार आपूर्ति गर्ने प्रतिस्पर्धी मुलुकले लिने सेवा शुल्क अनुसारको व्यवस्था गर्न, सबै कुरा सम्झौताअनुरुप हुँदा हुँदै पनि काम छाडेर स्वदेश फर्किनेलाई क्षतिपूर्ति नपाउने व्यवस्था गरिदिन लगायतका लिखित मागहरु प्रधानमन्त्रीको कार्यालयमा बुझाएको संघले जनाएको छ।
यहि जेठ १६ गतेसम्म आफ्ना मागहरु सम्बोधन नभए आफुहरुले चरणबद्ध रुपमा आन्दोलन थाल्ने संघका अध्यक्ष रोहन गुरुङले बताए। उनकाअनुसार बिरोधको कार्यक्रम अन्तर्गत आगामी १७ गतेदेखि २३ गतेसम्म वैदेशिक रोजगारीमा जाने कामदारको उडान बन्द गर्ने, त्यसले पनि नभए बिरोध, संघर्ष र असहयोग गर्दै अनिश्चितकालका लागि बैदेशिक रोजगार बन्द गर्ने कार्यक्रम रहेको गुरुङको भनाई छ।
यस्ता छन म्यानपावर व्यवसायीका माग