नेपाल बंगलादेश बैंकको २ अर्ब ऋणपत्र बिक्रि खुला, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 06:58:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बङ्गलादेश बैंक Nepal Bangladesh Bank Limited ले आज जेठ १० गते देखि ऋणपत्र निष्काशन बिक्रि खुला गरेको छ । बैंकले २ अर्ब बराबरको २० लाख कित्ता इकाई ऋणपत्र निष्काशन गरेको हो । नेपाल धितोपत्र बोर्डले बैंशाख २३ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो।

२ अर्ब ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात्  १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (private  placement) र ४० प्रतिशत अर्थात ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि निष्काशन हुने छ ।  ८० लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । उक्त ऋणपत्रमा १०.२५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।  लगानीकर्ताले यस ऋणपत्रमा छिटोमा जेठ १४ र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

“एनबिबि डिबेञ्चर २०८५÷८६” नाम दिइएको उक्त ऋणपत्र निष्काशन गर्न बैंकले नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियूक्त गरेको छ । लगानीकर्ताले बैंकको शाखाहरु, क्यापिटलको कार्यालय, सम्पूर्ण सी आश्वा सदस्यहरु र मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्ने छन् ।  १० वर्ष अवधिको लागि बैंकले ऋणपत्र निष्काशन गर्न लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved