कामना सेवा र काठमाण्डौ क्यापिटलबीच सम्झौता, निःशुल्क डिम्याट खाता खोल्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 01:54:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा बिकास बैंकले निक्षेप सदस्य सम्बन्धी कार्य गर्न गर्न बैंक अफ काठमाण्डौ क्यापिटल मार्केटसंग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरेका छन। 

सम्झौताअनुसार अब ग्राहकहरुले कामना सेवाका देश भरका शाखा कार्यालयहरुबाट डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन। साथै, २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाले ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गरिरहेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved