हिमालयन डिष्ट्रिलरीलाई नियामक नभएको फाइदा, ६८.४२ प्रतिशत 'एड्भान्श लाभांश' बाड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 02:29:04 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन डिष्ट्रिलरी लिमिटेड Himalayan Distillery Limited ले चालू आर्थिक बर्षको मुनाफाबाट अन्तरिम लाभांश वितरण गर्ने भएको छ। कम्पनीले एक सूचना मार्फत ६८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने जानकारी गराएको छ। 

कम्पनीको सञ्चालक समितिको जेठ ९ गते बसेको बैठकले सञ्चित मुनाफा रकमबाट कर सहित प्रतिशेयर ६८ रुपैयाँ ४२ पैसाका दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यहि जेठ १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग नारायणचौर नक्सालमा रहेको कम्पनीको शेयरधनी दर्ता किताबमा दर्ता भएका शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन।

कम्पनीले चालू आर्थिक बर्ष सकिन पुर्वनै सेयरधनीलाई अन्तरिम लाभांश 'एडभान्स लाभांश' दिन लागेको हो। सामान्यतया कम्पनीहरुले बार्षिक साधारणसभाबाट पारित गराएर सेयरधनीलाई लाभांश दिने पछिल्लो अभ्यास छ। यसअघि बिभिन्न बैंक, बिमा तथा वित्तीय संस्थाहरुले समेत सेयरधनीहरुलाई चाडपर्वको अवसर पारेर अन्तरिम लाभांश दिने अभ्यास थियो। पछि बैंक वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले यस्तो गर्न रोक लगाएपछि अन्तरिम लाभांश दिने प्रचलन हटेको छ। 

तर उत्पादकमुलक कम्पनीको रुपमा सुचिकृत हिमालयन डिष्टिलरीको आफ्नै नियामक नभएकाले अन्तरिम लाभांश दिनलाई कुनै रोक नलागेको हो। अन्तरिम लाभांश पछि पनि कम्पनीले चालु आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई थप लाभांश दिन सक्नेछ। 

हिमालयन डिष्टिलरीले गत आव २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर कर सहित २१.०५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ। कम्पनीको गत पुस २५ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त लाभांश गत फागुन ६ गतेदेखि वितरण गरेको थियो।    

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यसअवधीमा कम्पनीको चुक्ता पूँजी ३८ करोड ५६ लाख ४५ हजार ५०० रुपैयाँ छ।  कम्पनीले गोल्डेन ओएक, ब्लाक ओएक रोयल ट्रिजर लगायतका ब्राण्डहरुको मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved