ब्रोकर अध्यक्ष रानाभाट भन्छन, 'सेयर कारोबारको राफसाफ रोक्न सकिदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 11:13:31 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकरहरुको छाता संठगन स्टक ब्रोकर एशोसियसनले कारोबार राफसाफ नगर्ने बारे कुनै सहमति नभएको बताएको छ। लगानीकर्ताका संगठन र ब्रोकरहरुबीच भएको छलफलमा कारोबार राफसाफ गर्नेबारे कुनै सहमति नभएको संघका अध्यक्ष भरत रानाभाटले बताएका छन। 

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) बाट कुनै निर्देशन नभएसम्म कारोबार राफसाफ रोक्न नसक्ने रानाभाटले बिजपाटीलाई बताएका छन। आइतबार ४ वटै लगानीकर्ताका संघले कारोबार राफसाफ नगर्नलाई ब्रोकर संघलाई आग्रह गरेका थिए।   

लगानीकर्ताका नेताले ब्रोकरसंघका अध्यक्षसंग भारित औसत लाभकर गणनामा देखिएको समस्याबारे छलफल गरेको थियो । सिडीएसबाट लाभकर गणना गर्न जुन विधि आएको छ त्यहि अनुसार नै गर्न बाध्य हुने जानकारी गराएको अध्यक्ष रानाभाटले बताए । यसले समस्या सृजना गरेकोले यसलाई समाधान गर्नु पर्छ भन्ने पक्षमा ब्रोकरहरु पनि रहेको उनले बताए ।

साउन १ बाट भारित औसत विधिबाट लाभकर गणना गर्न सुरु गरिएको हो । साउन १ मा भएको कारोबार राफसाफ आज आइतबार १२ बजे सम्म भई सक्नु पर्ने थियो । अध्यक्ष रानाभाटले ब्रोकर अफिसमा आएर फारम भरेकाहरुको फारममा उल्लेख गरेको मूल्य अनुसार राफसाफ गरिएको र फारम नभरेकाको प्रति कित्ता लागत १०० मानेर राफसाफ गरिएको बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved