राजश्व सचिवले भने ' शेयरबजार ल्याप्चे युगमा नजानेमा विश्वस्त हुनुस'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 03:48:35 PM मा प्रकाशित

laxmi  sunrise bank

राजश्व सचिव लाल शंकर घिमिरले शेयर बजार ल्याप्चे युगमा नजानेमा बिश्वस्त हुन आग्रह गरेका छन् । लगानीकर्ता संघका अध्यक्षहरुसँगको बैठकमा सचिव घिमिरेले लगानीकर्ताले उठाएका जाहेज माग पुरा गर्ने आश्वासन दिदै बजार  ल्याप्चे युगमा नजानेमा बिश्वस्त हुन आग्रह गरेका हुन्। 

भारित औसत लाभकरमा देखिएको विवाद समाधान गरिदिन आज ४ वटै लगानीकर्ता संघका अध्यक्षहरुले राजश्वसचिवलाई भेटेका हुन । बैठकपछि शेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेलले माग सम्बोधन हुने र बजार ल्याप्चे युगमा नजाने विश्वस्त भएको बताएका छन । 

लगानीकर्ता नेताहरुले पुँजीगत लाभकर गणनामा भारित औसत विधि कार्यन्वयनमा आएसंगै ब्रोकर कार्यालयमा गएर ल्याप्चे लगाउनु परेको भन्दै अशन्तुष्टी जनाएका थिए । साथै उनीहरुले खरिद गरेको शेयर मूल्य नखुलेको हकमा कट अफ मिति तय गरी लाभकार निर्धारण गर्न समेत माग गरेका छन् 

यसै विवाद समाधान गर्नको लागि भोलि सोमबार पनि मन्त्रालयले बैठक डाकेको छ । मन्त्रालयले धितोपत्र बोर्ड, नेप्से र सिडीएसको बैठक डाकेको हो । सोमबार आफ्नो माग सम्बोधन हुनेमा संघका नेताहरु बिश्वस्त देखिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved