माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्र बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 06:19:29 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले आज साउन ६ गतेबाट ऋणपत्र बिक्रि खुला गरेको छ । 

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको  कूल ३० लाख इकाई  निष्काशन गरेको हो। कुल निष्काशित ३० लाख इकाई मध्ये १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि खुला गरिएको हो । यसै अन्तर्गत  ६० हजार इकाई सामूहिक लगानी कोषकालाई छुट्टाइएको छ ।  बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ।

 ७ वर्षे अवधिको ‘१०.२५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ मा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा दश वर्षसम्म निरन्तर भुक्तानी हुनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन्। ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ। यदि सो समयसम्म पर्याप्त आवेदन नपरेमा  भदौ ३ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्ने छन् । 

ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved