‘ट्रयाकिङ सिस्टम’को विरोध गर्ने अवैध कारोबारीः उप–महानिर्देशक

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 22, 2019 | 12:59:06 PM मा प्रकाशित

laxmi  sunrise bank

भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) मा हालसम्म १५ हजार मालवस्तु तथा ढुवानीकाले सेवा लिएका छन् । नयाँ आर्थिक वर्ष २०७६/०७७ बाट सुरु भएको यो प्रणाली सोमबारसम्म १४ हजार ६५७ मालबस्तु ढुवानी साधनले प्रयोग गरेका छन् । सोमबार मात्रै १ हजार ६६० साधनले यो प्रणालीको प्रयोग गरेको राजस्व अनुसन्धान विभागका उप–महानिर्देशक ध्रुव घिमिरेले जानकारी दिए ।

उनका अनुसार यो सिस्टमले वेवमा आधारित रहेर मालवस्तु र ढुवानीको संक्षिप्त विवरण दिने काम गर्छ । राजश्व चुहावट तथा नियन्त्रण ऐन २०५२ अनुसार २०७१ सालमै यो प्रणाली लागू गर्न कानुन तयार भएको थियो । तर विभिन्न कारणले अड्किएको थियो । 

घिमिरेले यो केवल गाडीको अनुगमन मात्रै नभई डिजिटल नेपालको अभ्यास समेत भएको बताएका छन् । गतवर्ष सफ्टवेर डेभलवको काम सुरु गरिँदा नै निजी क्षेत्रका सरोकारवालासँग पटक पटक छलफल गरिएको उनको दाबी छ । ‘यो कुनै पनि एङ्गलबाट जटिल छैन । सामान्य र सरल छ’ घिमिरेले भने, ‘भन्सार बिन्दु र ठूला व्यापारिक उद्योगबाट मालवस्तु बोेकेका सवारी साधन र के कति मात्रामा मालवस्तु बोकेका छन् भनेर गरिने निगरानी मात्रै हो ।’

‘बिक्रेताले आफूले कुन सामग्री, कति मात्रा, कुन गाडी, कहाँबाट कहाँ लैजाँदैछु भन्ने जानकारी राजश्व अनुसन्धान विभागको वेवसाइडमा अपलोड गर्नुपर्छ । वेवसाइडमा सामान बोकेको साधनको नम्बर, चालकको नाम, बिलबिजक नम्बर अपलोड गर्नुपर्छ । त्यसपछि एउटा क्यूआर कोड पाइन्छ । बाटोमा कतै जाँच भयो भने त्यही कोड देखाइदिए पुग्छ । युजर आइडी र पासवर्ड प्रयोगकर्ता स्वयम्ले राख्न पाउँछ । यसो हुँदा सुरक्षित पनि भयो । मालबाहक सवारीले सामान परीक्षण गराउन २ घन्टा लाइनमा बस्नुपथ्र्योँ । अब १ मिनेट पनि पर्दैन’ विभागले भनेको छ ।

‘नक्कली बिल देखाउने, हिजो अवैध कारोबार गर्नेहरुले विरोध गरेको पाईन्छ’ उप–महानिर्देशक घिमिरेले भने, ‘पारदर्शी कारोबार गर्दै आएकाले प्रयोग गर्नु भएको छ, विरोध पनि छैन । उत्साहजनक सहभागीता छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved