५३ प्रतिशतले नाफा बढाएको नेशनल माइक्रापाइनान्सको अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 07:21:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स National Microfinance Bittiya Sanstha Limited ले गत आर्थिक बर्षमा १३ करोड १४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तले ८ करोड ५७ लाख ६३ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा ५३.२७ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ८७.१२ रुपैयाँ रहेको छ । 

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १२ करोड २८ लाख ३९ हजार मात्र रहेको जगेडा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा ९६.३५ प्रतिशतले वृद्धि भई २४ करोड १२ लाख ३ हजारको भएको छ । 

लघुवित्तले उक्त अवधिमा १ अर्ब २८ करोड ४० लाख ७७ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा ७४ करोड ५८ लाख ३४ हजार निक्षेप संकलन गरेको लघुवित्तले ७२.१६ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय २ अर्ब २८ करोड १९ लाख १९ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने ३ अर्ब ६६ करोड ५४ लाख २३ हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा २ अर्ब ३८ करोड १ लाख १ हजार मात्र कर्जा लगानी गरेको थियो ।  

लघुवित्तले उक्त अवधिमा ५५ करोड ७ लाख ४८ हजार ब्याजबाट आम्दानी गरेको छ भने २८ करोड ४२ लाख ७९ हजार व्याज भुक्तनी गरेको लघुवित्तको खुद ब्याज आम्दानी २६ करोड ६४ लाख ६९ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५२.२५ प्रतिशले बढी हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १७ करोड २३ लाख ८६ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.४३ प्रतिशत रहेको रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात १८.३० गुणा, प्रतिशेयर नेटवर्थ २५९.८६ रुपैयाँ तरलता अनुपात १२.२६ प्रतिशत र कोषको लागत ९.४९ प्रतिशत रहेको छ । 

हाल लघुवित्तको चुक्ता पुँजी १५ करोड ८ लाख ८३ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved