'बैंक संचालकको उमेरहद तोक्ने सरकारले नेताहरुको पनि उमेरहद तोकोस'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 06:50:22 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व अर्थमन्त्री एवम नेपाली कांग्रेसका नेता डा. रामशरण महतले बैंकहरुको संचालकको उमेरहद तोकेर नयाँ विधयेक प्रस्ताव गरेकोमा अशन्तुष्टी जनाएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै डा महतले संचालकको उमेरहद तोकेर सरकारके अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए 

यस्तो प्रवृतिले बैंकिंङ क्षेत्रमै विकृति ल्याउने उनले बताए । उनले भने 'संचालक फुल टाइम काम होइन, शेयरधनीले चयन गरेर पठाएको संचालकको उमेरहद तोक्नु गलत हो' । यस्तो गर्ने हो भने उनले पार्टीका नेताहरुको पनि उमेरहद तोकेर देखाउन चुनौती दिए । उनले निजिलाई प्रोत्साहन गर्नुको साटो सरकारले लगानीको वातावरण बिगारेको बताए । 

 बाफियालाई संशोधन गर्न बनेको विधयेक हाल संसदमा दर्ता भएको छ ।  सोहि विधयेकमा बैंकका संचालक र सीइओको उमेरहद तोक्ने प्रस्ताव गरिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved