मुक्तिनाथ विकास बैंकको ४ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 08:53:29 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले ४ लाख कित्ता अबधि शेयर लिलाम गर्ने भएको छ । बैंकले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ४ लाख ३ हजार २ सय २० दशमलव २५ कित्ता शेयर लिलाम गर्ने भएको हो ।

जस मध्ये ३ लाख ७ सय ३ दशमलव ९३ कित्ता सर्वसाधारणतर्फको र बाँकि १ लाख २ हजार ५ सय १६ दशमलव ३२ संस्थापक समुहको रहेको छ । इच्छुक बोलकबोलदाताले मङ्सिर ८ गतेदेखि १५ गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन् । बोलपत्र फारम लिन र बुझाउनको लागि मुक्तिनाथ क्यापिटलको कार्यालय थापाथली र मुक्तिनाथ विकास बैंकको पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत , विराटनगर, र जनकपुर शाखा केन्द्र तोकिएका छन् । 

बैंकले भदौ १२ गतेदेखि  १:०.२ को अनुपातमा २० प्रतिशतको दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो  । जस मध्ये रितपुर्वक आवेदन दिने १८ हजार ७ सय ७३ जनालाई ५७ लाख २६ हजार ३ सय कित्ता बाँडफांड गरिएको बैंकले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved