कुमारी बैंकमा देव विकास बैंक गाभिने, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 05:42:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकल Kumari Bank Limited ले देवः विकास बैंक Deva Bikas Bank Limited लाई प्राप्ति गर्ने भएको छ । दुई बैंकबीच मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौतामा बुधबार साँझ हस्ताक्षर हुँदैछ । 

कुमारीले ८६ को स्वापमा देवलाई प्राप्ति गर्ने प्रारम्भीक सम्झौता भएपनि डिडिए रिपोर्टपछि स्वापमा परिर्वतन हुने सम्भावना समेत रहेको स्रोतले जनाएको छ । सम्झौता पत्र लिएर बिहिबार बिहान दुबै बैंक राष्ट्र बैंकका आउने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

हाल कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रहेको छ भने देव विकास बैंकको ३ अर्ब १७ करोड रहेको छ। यस पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप १२० अर्ब तथा ऋण लगानी १०५ अर्ब भन्दा अधिक हुने भएको छ । यसैगरी, बैंकको शाखा संजाल २०० भन्दा अधिक हुने भएको छ।

थप अपडेट:

उक्त प्राप्तिका लागि समझदारीपत्रमा (एमोयू) कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय क्रमशः कृष्ण प्रसाद ज्ञवाली तथा भरत बहादुर हमालले हस्ताक्षर गरेका छन। सो समारोह दुवै बैंकका अध्यक्ष, संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका उच्च व्यवस्थापनका पधादिकारीहरूमाझ सम्पन्न भएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved