बिजपाटी सम्बाददाता     Jan 16, 2020 | 11:36:25 AM


ruslan

नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । टेलिकमको पोस्ट पेड मोबाइलमा बिहिबार बिहान देखि नै समस्या देखिएको हो ।


समस्याका कारण ग्राहकहरुले मोबाइलमा पैसा हाल्दा पनि फोन सुचारु नभएको, पैसा हालेर सुचारु भईसकेको फोन पनि फेरी निषेधित भएको र खाताको पैसा पनि काटेको गुनासो गरेका छन् । 


टेलिकमका अनुसार टेलिकमको पोस्टपेड बिलिङ प्रणालीम समस्या देखिएको हो। टेलिकमले हरेक अंग्रेजी महिनाको १५ तारिखमा बिलिङ गर्दै आएको छ। बिलिङको क्रममा समस्या आएको र समस्या समाधान हुन् केहि समय लाग्ने टेलिकमले जनाएको छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7