बुटवलको क्यान इन्फोटेकमा तेस्रोपटक पेपरलेश टिकट प्रयोग हुदै, कसरी लिने ?

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Jan 16, 2020 | 01:26:27 PM मा प्रकाशित

laxmi  sunrise bank

 कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले वुटवलमा गर्न लागेको ९ औँ संस्करणको क्यान इन्फोटेकमा पेपरलेस टिकट प्रयोग हुने भएको छ । राजधानीमा भएको इन्फोटेकमा समेत प्रयोग नभएको पेपरलेस टिकट बुटवलमा प्रयोगमा ल्याईने भएपछि यसबारे चासो बढेको छ ।

क्यान रुपन्देहीका उपाध्यक्ष  बिरु क्षेत्रीका अनुसार प्रर्दशनी बाहिर राखिएको मेसीनबाट वा मोवाईलमा एप डाउनलोड गरि काटिने ईटिकटलाई नै पेपरलेस टिकट भनिएको हो । उनका अनुसार यस्तो टिकटको लागि बैकमा रहेको खाताबाट पैसा काटिने भएकोले नगद बोकिरहनु पर्दैन जुन सुरक्षा र समयको हिसाबले पनि सजिलो हो । 

क्यानले यस अघि २ पटक नै बुटवलमा पेपरलेस टिकट प्रयोग गरेको थियो । पहिलो पटक पेपरलेश टिकट खासै प्रभावकारी नभएको र दोस्रो पटक भने पहिलेभन्दा केहि बढी प्रभावकारी भएको क्यानका अधिकारीहरु बताउछन् । तेस्रो पटकमा यसलाई पूर्ण प्रभावकारी बनाउने गरि तयारी भईरहेकोले उपाध्यक्ष क्षेत्रीले बताए । उनी भन्छन् ' पहिलो २ पटकको अनुभबबाट सिकेर  प्रभाबकारी बनाउछौ ।'  उनका अनुसार अहिले मेसिन पनि ल्याईएको र प्रभु पेबाट पनि टिकट काट्न सकिने ब्यबस्था गरिएको छ ।

 उनका अनुसार बिद्यार्थीहरुलाई टिकटको लागि २० रुपैया लाग्छ भने अरु सर्बसाधरणको लागी ५० रुपैया लाग्छ । अनलाईनबाट प्रभु प्रेबाट लिदा ५ रुपैया छुट हुने  उनले बताए । पेपरलेस टिकट प्रयोग गर्दा क्यानमा आउनेलाई  सहज हुने, समयको बचत, पैसाको सुरक्षा र आयोजकलाई पनि  टिकटको झन्झट नहुने फाईदाहरु रहेको उनी बताउछन् ।  रुपन्देहीका बिद्यार्थीहरुले बनाएका  नयाँ नयाँ उपकरण  ल्याउने देखाउने र त्यहा भएका नयाँ कुरा सिक्नको लागी सहज होस भनेर बिद्यार्थीहरुलाई बढी प्राथाकिमता दिएको उनले बताए ।

मोबाइल नहुनेले कसरी लिने त् पेपरलेश टिकट ? उनी भन्छन् ' मोबाईल र ईन्टरनेट नभएका अहिले सायदै नहोलान्, यदि रहेछन भने गेटबाहिर मेसीनको ब्यबस्था मिलाएका छौ,  त्यहाँबाट लिन सकिन्छ ।'  उनका अनुसार मेला हेर्न आउने दर्शकको छाप हेरेर आवश्यक पर्ने मसंको ब्यबस्थापन गरिने छ ।   

महासंघले माघ १७ गतेदेखि २१ गतेसम्म बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा मेला गर्न लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved