बिजपाटी सम्बाददाता     Jan 16, 2020 | 04:44:58 PM


ruslan

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपिओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक चयन गरेको छ  । बैंकले आईपिओ निष्काशन गर्न  एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो। बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र  क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

बैंकले ८ अर्व बराबरको  प्रति शेयर सय रुपैयाँ अंकित  दरको आठ करोड कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । नेपाल इन्फ्रास्ट्रचर बैंक  नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठुलो सार्वजनिक निष्काशन हुनेछ । बैंकको अधिकृत पूँजी ४० अर्व, जारी पूँजी २० अर्व र चुक्ता पूँजी १२ अर्व रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्व हुनेछ । 

मुलुक भित्र तथा मुलुक बाहिरबाट दिर्घकालिन श्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको  बैंकले जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी  गर्दै जाने योजना बनाएको जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7