कनेक्ट आइपिएसको मासिक कारोबार १२ अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 06:41:15 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल क्लियरिङ्ग हाउसको ईपेमेन्ट सिस्टम 'कनेक्ट आइपिएस'को मासिक कारोबार १२ अर्ब नाघेको छ । कनेक्ट आईपिएस मार्फत पौष महिनामा १२ अर्ब ५ कारोड रुपयाँ भन्दा बढिको कारोबार भएको कम्पनीले जनाएको । 

यस आर्थिक वर्षको पौष मसान्तसम्म ई–पेमेन्ट प्रणाली मार्फत भएको कारोबार संख्या ६ लाख ५० हजार १४२ रहेको कम्पनीले जनाएको हो । कम्पनीका अनुसार  यस अवधिमा ४२ अर्ब ४८ करोड रुपयाँ  सेटलमेन्ट भएको छ ।

 एनसीएचएलले विद्युतीय चेक भुक्तानी, अन्तरबैंक भुक्तानी प्रणाली र कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली सञ्चालन गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved