कमिशन मै बीमा कम्पनीले खर्चिए ५ अर्ब बढी रकम, कुनको कति ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 01:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनको लागि ५ अर्ब भन्दा बढी रकम खर्चिएका छन् । चालु आर्थिक बर्ष २०७६/७७ को दोस्रो त्रैमासको अवधिमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १९ जीवन बीमा कम्पनीहरुले ५ अर्ब २४ करोड ४२ लाख  रुपैयाँ अभिकर्ता कमिशनका लागि खर्चेको देखिएको हो । 

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी रकम अभिकर्ता कमिशन वापत खर्चेको छ । कम्पनीमा आवद्ध अभिकर्ताहरुले कमिशन वापत एक अर्ब ६१ करोड १८ लाख ८२ हजार रुपैयाँ लिएका छन् । त्यस्तै, नेपाल लाइफ पछि लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले  अभिकर्ता कमिशनका लागि बढी रकम खर्चेको छ । कम्पनीले कमिशनका लागि ८१ करोड ३९ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ । 

अभिकर्ता कमिशनका लागि बढी रकम खर्च गर्ने कम्पनीहरुमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी तेस्रोमा छ। यस अवधिमा कम्पनीले ४४ करोड ७३ लाख ९२ हजार रुपैयाँ अभिकर्ता कमिशनका लागि खर्च गरेको छ । 

बीमा व्यवसायलाई अभिकर्तामा आधारित पेशाका रुपमा लिने गरिन्छ । बजारमा गई बीमाका बारेमा जानकार गराई आम मानिसलाई बीमाको दायरामा ल्याउने काम बीमा अभिकर्ताको हुन्छ । अभिकर्ताहरुले बीमा कम्पनी र बीमितको बीचमा मध्यस्थकर्ताको रुपमा रही काम गर्ने गर्दछन् । बीमा समितिको तथ्याङ्क अनुसार ५ लाखको हाराहारीमा बीमा अभिकर्ताहरु आवद्ध रहेका छन्। पछिल्लो समय यस पेशामा आकर्षण बढेको देखिन्छ । पार्ट टाइम गर्न सकिने, शैक्षिक योग्यता पनि धेरै नचाहिने र बीना लगानी नै मनग्गे आम्दानी गर्न सकिने पेशा भएका कारणले गर्दा यस पेशामा प्रति आकर्षण बढेको हो ।

बीमा अभिकर्ता कम्पनीको तलवी कर्मचारी नभई निश्चित कमिशनको आधारमा काम गर्छन्। कम्पनीले अभिकर्ताहरुलाई तलवी कर्मचारीको रुपमा भने नियुक्ति गर्दैनन् । तर कम्पनीले दिएको टार्गेट पूरा गरे पछि भने अभिकर्ताहरुले निश्चित रुपमा तलव पाउने गर्दछन् । अभिकर्ताहरुले बीमितले तिरेको पहिलो प्रीमियम र दोस्रो प्रीमियमबाट २५ प्रतिशत कमिशन पाउँछन् । र त्यसपछिको प्रीमियमबाट भने ५ प्रतिशत कमिशन पाउने गर्दछन् । 

हेर्नुस कुन कम्पनीका अभिकर्ताले कति लिए कमिशन : 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved