सिटिजन्स बैंकले भन्यो 'ललिता निवासको जग्गा धितो राखेर ऋण दिएको छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 05:42:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले ललिता निवासको कुनै पनि जग्गा धितो राखेर ऋण नदिएको जनाएको छ।

बैंकका प्रबक्ता उमङ्ग शर्माले बैंकले ललिता निवासको कुनै जग्गा  धितो राखेर कर्जा प्रबाह नगरेको जनाएका हुन्  । केहि संचार माध्यममा ललिता निवास प्रकरणमा नाम पनि जोडिएको भन्दै बैंकले आफ्नो  ध्यानाकर्षण भएको पनि जनाएको छ । 

ललिता निवासको जग्गा धितो राखेर विभिन्न २१ बैंक तथा वित्तीय संस्थाले २ अर्ब बढी ऋण दिएको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा संलग्न बिरुद्द मुद्दा दायर गरेपछि बैंकहरुले दिएको ऋणबारे खुलासा भएको हो । आयोगका अनुसार ति बैंक तथा वित्तीय संस्थाबाट विभिन्न २१ जनाले २ अर्ब ४१ करोड रुपैँयाँ ऋण लिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved