ङादी हाइड्रोको लाभांश घोषणा, फागुन २७ मा साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 11:31:58 AM मा प्रकाशित

laxmi  sunrise bank

ङादी हाइड्रो Ngadi Group Power Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ५३ करोड ५५ लाख को १० प्रतिशत हुन् आउने ५ करोड ३५ लाख ५५ हजार ४ सय ८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले फागुन २७ गते साधारणसभा डाकेको छ भने साधारणसभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्ताव लाभांश लिन पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved