नेपालीलाई ल्याउन उड्यो निगमको जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2020 | 04:13:49 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको जहाज चीनको हुवेईको लागि उडेको छ। अपरान्ह ४ बजे निगमको वाइडबडी ए–३३० जहाज चीन तर्फ उडेको हो । 

अपरान्ह २ः४५ बजे उड्ने भनिए पनि केहि ढिलो गरी विमान उडेको हो । जहाज फागुन ४ गते बिहान ३:३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेको ४८ घण्टासम्म सो जहाजलाई अन्यत्र नउडाईने निगमका प्रवन्त्र निर्देशक गणेश चन्दले बताए ।  दोहाबाट आएपछि सोही जहाज चीन प्रस्थान गरेको हो । पाकिस्तानी पाइलटको कमाण्डमा विमान चीन गएको हो । जहाजमा नेपाली को-पाइलट छन् ।  नेपाली सेनाका चारजना चिकित्सक समेत गरी १६ जनाको टोली जहाजमा छ।

 चीनका विभिन्न शहरबाट १८० नेपालीलाई स्वदेश ल्याईँदैछ । उनीहरुलाई १४ दिनसम्म परीक्षणमा राखिनेछ । 

उक्त जहाज कहाँ पुग्यो भनी हेर्न यहाँ क्लिक गर्नु होला 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved