६ जना नेपालीहरुलाई चीनले स्वदेश फर्कन रोक लगाएको छ । नेपाल आउनु अघि चीनको वुहान विमानस्थलमा गरिएको स्वास्थ्य परिक्षणमा उनीहरुलाई स्वास्थ्य समस्या देखिएपछि विमान चढ्न नदिएको हो । उनीहरुलाई ज्वरो आएको कारण नेपाल फर्कन नदिएको जनाईएको छ ।
यस संगै नेपालीहरुलाई लिन गएको नेपाल वायु सेवा निगमको जहाज १७५ जना लिएर फर्कने भएको छ । सुरुमा १८५ जना ल्याईने भनिए पनि ४ जना स्वइच्छाले उतै बस्ने भएका हुन् । बाँकि ६ जना आउँन चाहेर पनि स्वास्थ्यमा समस्या देखिएपछि बन्चित भएका हुन् ।
चीनमा कोरोना भाईरसको संक्रमण बढेपछि त्यहाँ रहेका नेपालीले स्वदेश फर्कने इच्छा देखाएका थिए। सोहि अनुसार सरकारले उनीहरुलाई फर्काउन लागेको हो । यस अघि नै चीन सरकारले स्वास्थ्य परिक्षण गर्दा ज्वरो लगायतका कुनै स्वास्थ्य समस्या नदेखिए मात्र देश फर्कन सक्ने जनाएको थियो ।
उनीहरु काठमाडौँ आएपछि पनि स्वास्थ्य परिक्षण हुने छ । उनीहरुलाई १५ दिनसम्म राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा भईसकेको छ ।
यो पनि :