हकप्रद निष्कासनको लागि शिखर इन्स्योरेन्सको बुक क्लोज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 12:02:53 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि फागुन १३ गते बुक क्लोज तोकेको छ। कम्पनीको १४ औं वार्षिक साधारण सभाले ३० प्रतिशत हकप्रद सेयर पारित गरिसकेकाले निष्कासन गर्नको लागि बु्क क्लोज तोकेको हो । 

कम्पनीले ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद विक्री गर्न लागेको छ । हाल कम्पनीको चुक्ता पँुजी १ अर्व ५ करोड रुपैँया भन्दा बढी छ । कम्पनीको ३० प्रतिशत हकप्रद सेयर वितरणपछि सो पुँजी १ अर्व ३७ करोड ४५ लाख रुपैँया भन्दा बढी पुग्नेछ । 

कम्पनीले चालु आवको ६ महिनामा १ अर्व ७६ करोड रुपैँया भन्दा माथि बीमा शुल्क आर्जन गरेको छ । सो अवधीमा कम्पनीले २३ करोड २३ लाख  नाफा कमाएको छ । 










 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved