फरवार्ड माइक्रोफाइनान्सले शेयरधनीलाई पठायो लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 12:51:59 PM मा प्रकाशित

laxmi  sunrise bank

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स Forward Community Microfinance Bittiya Sanstha Limited ले १२.५० प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शेयर अभौतिकिकरण गराई खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । 

कम्पनीले गत आवको नाफाबाट ४ करोड ७२ लाख ९ हजार नगद वितरण गरेको हो । साथै, कम्पनीले ३२.५० प्रतिशत वोनस सेयर पनि वितरण गरेको छ । सो वोनस सेयर भने नेप्सेमा सुचिकृत भएपछि मात्र सेयरधनीको डिम्याटा खातामा जम्मा हुन्छ । 

कम्पनीको गत पुस २९ गते सम्पन्न सातौँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved