रोशनी शाहीले भनिन्, ‘महरा सरले न्याय पाउनुभयो, खुशी छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 05:16:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महराले अदालतबाट सफाई पाएसँगै उनीविरुद्द मुद्दा दायर गर्ने रोशनी शाहीले खुशी व्यक्त गरेकी छिन् । काठमाडौँ जिल्ला अदालतले महरालाई सफाई दिएसँगै संसद सचिवालयकी कर्मचारी शाहीले खुसी व्यक्त गरेकी हुन् ।

‘महरा सरले न्याय पाउनुभयो, मैले पनि न्याय पाएकी छु’ शाहीले भनिन्, ‘दुख दिन खोज्नेहरु पराजित भएका छन् ।’ 

शाहीमाथि नै बलात्कार प्रयासको आरोपमा पूर्वसभामुख महरा असोज १९ गते पक्राउ परेका थिए । शाहीले नै सुरुमा महराले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । तर पछि उनले आफूले गलत बोलेको भन्दै जाहेरी फीर्ता लिन पुगेकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved