एनआरएन लगानीको कम्पनीले पायो आइपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 02:52:15 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्र्धित एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फागुन ४ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । 

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता आईपिओ निष्काशन गर्ने छ  ।  आईपिओ निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

 कम्पनीले जलविद्युत कम्पनीहरु लगायत ठुला विकास आयोजनामा लगानी गर्नेछ । जीवनाथ लामिछाने अध्यक्ष रहेको कम्पनीमा शेष घले, कृष्ण प्रसाद पाण्डे, बालकृष्ण गुरुङ्ग, महेश कुमार श्रेष्ठ र रामेश्वर शाह सञ्चालक रहेका छन् । 

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको कम्पनीले हाल १४.३ मेगावटको मथिल्लो मैलुङ खोला हाइड्रोपावर, २७ मेगावटको हिमालयन पावर पार्टनर, ५४ मेगावटको मध्य तमोर हाइड्रोपावर र २८.१ मेगावटको स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन जलविद्युत परियोजनाहरुमा लगानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved