काठमाडौँ आएका १ दर्जन जहाज ल्याण्ड गर्न पाएनन्, आकाशमै घुमेको घुम्यै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 04:08:49 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो उडान अवतरण प्रभावित भएको छ । एयर ट्राफिक बढ्दा झन्डै एक दर्जन जहाज आकाशमा नै घुमिरहेका छन् 

सेना दिवस एवम् महाशिवरात्रीको तयारीको लागि नेपाली सेनाले हेलिकप्टर उडाएर आकाशमा रिहर्सल गरेका कारण उडान अवतरण प्रभावित भएको हो ।  यो समाचार तयार पार्दासम्म दिल्लीबाट काठमाडौँ आएका भिस्तारा एयर, नेपाल एयरलायन्स, एयर इन्डिया र अन्य स्थानबाट आएका आन्तरिक र अन्तर्राष्ट्रिय गरी १२ जहाज ल्याण्ड गर्ने पर्खाइमा छन् । 

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार बिहान मौसम खराब भएर धेरै उडान हुन नसकेको र दिउँसो सेनाले अभ्यास गरेको कारणले पनि ट्राफिक समस्या देखिएको हो । उनले सेनालाई अभ्यास छोट्याउन आग्रह गरिसकेको र केहि समय मै समस्या हल हुने बताए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved