वीरेन्द्रनगरमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 01:59:51 PM मा प्रकाशित

laxmi  sunrise bank


सिद्धार्थ बैंक Siddhartha Bank Limited ले फागुन ५ गते सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा कार्यक्रम गरेको हो । 

कार्यक्रममा बैंकले ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरुलाई व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदि जानकारी दिएको जनाएको छ । बैंकले देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।

बैंकले  १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १ हजार ६०० भन्दा बढी पिओस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved