ट्रम्पले उद्‍घाटन गर्ने स्टेडियमको लागत ७ बिलियन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 07:08:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेआगामी फेब्रुअरी २४-२५ सम्म दुईदिने भारत भ्रमण गर्दैछन् । भ्रमणका क्रममा विश्वकै ठूलो क्रिकेट रंगशाला उद्‍घाटन गर्ने कार्यक्रम छ  । १ लाख १० हजार सिट क्षमताको विश्‍वकै ठूलो क्रिकेट रंगशाला गुजरात राज्यको मोटेरामा अवस्थित छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अनुसार यो रंगशालाको लागत ७ बिलियन भारतीय रुपैयाँ रहेको छ ।


मोटेरामा अवस्थित रंगशालालाई सरदार बल्लभभाई पटेल स्टेडियम नाम दिइएको छ । हालसम्म मेलवर्न क्रिकेट स्टेडियम (एमजीसी)को नाउँमा रहेको विश्‍वको सबैभन्दा ठूलोरंगशालाको पहिचान अब यो रंगशालाले पाउनेछ ।

 

अमेरिकामा लगानी बढाउन भारतमा मिटिङ


राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा फेब्रुअरी २५ का दिन भारतका बिजनेस लिडरहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । जुन कार्यक्रमको उदेश्य अमेरिकामा लगानी बढाउनु र रोजगारी सिर्जना गर्नु हो ।


भारतीय अर्बपतिहरुले अमेरिकामा लगानी बढाउन् भन्‍ने अमेरिकाको चाहना रहेको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

 

भ्रमणको तरङ्ग


ट्रम्पको भारत भ्रमणसम्बन्धी केही प्रसङ्गका कारण भारतीय समाज र मिडियामा तरङ्गितभएको छ । भारत भ्रमण सुरु हुन केही दिनमात्रै बाँकी रहँदा ट्रम्प स्वयंले आफुलाई मोदी निकै मनपर्ने तर भारतले अमेरिकालाई राम्रो व्यवहार नगरेको वक्तव्य दिएका छन् । ट्रम्पले आफ्नो भ्रमणको क्रममा एयरपोर्टदेखि कार्यक्रमस्थलबीच ७० लाख मानिस उपस्थित हुने खुलासा पनि गरेका छन् ।


ट्रम्पको भ्रमणलाई लक्षित गरी सुकुम्बासी बस्ती छेक्नका पर्खाल लगाईएको छ । कार्टुनिस्ट सतीश आचार्यले सुकुम्बासी बस्ती छेक्न लगाइएको पर्खालप्रति व्यङ्ग्य गरेका छन् । उनको कार्टुन निकै रुचाइएको छ ।


ट्रम्प गुजरातमा ३ घण्टामात्रै रहनेछन् । सो भ्रमणको लागि गुजरात सरकारले ८५ करोड भारु खर्च गरेको समाचारमा जनाइएको छ ।


यसैबीच शिवसेनाले ट्रम्पको भ्रमणको तयारी हेर्दा त्यसमा सरकारको दास मानसिकता प्रतिविम्बित भएको बताएको छ । शिवसेनाले ट्रम्पको भ्रमणलाई स्वतन्त्रा हासिल हुनुपूर्व बादशाहहरुले गर्ने भ्रमणसँग तुलना गर्दै आलोचना गरेको छ ।


आतंकवादी संगठन जैस-ए-मुहमदले एक भिडियो सन्देश जारी गर्दै बदलालिने चेतावनीदिएको छ । उसले भनेको छ, ‘हत्यारालाई माफी दिइने छैन ।भिडियोमा भारत सरकारले मुस्लिमहरुलाई अपमान गरेको र उनीहरुको बस्ती ध्वस्त पारिएको उल्लेख गर्दै त्यसविरुद्ध कारबाही गरिने उल्लेख छ ।भारतीय सञ्‍चार माध्यमहरुले स्रोतको हवाला दिँदै ट्रम्पको भ्रमणका क्रममापाकिस्तानले काश्मीरी जनताको नाउँमा आक्रोस देखाउने प्रयत्‍न गरिरहेको जनाएका छन् ।

ट्रम्प र मोदीले सँगसँगै २२ किमी सडक यात्रा गरी प्रसिद्ध सावरमती आश्रम भ्रमण गर्ने कार्यक्रम छ । विश्‍वकै ठूलो क्रिकेट रंगशालाको उद्‍घाटन गरेपछि ट्रम्पले एक लाखभन्दा बढीसहभागीलाई सम्बोधनगर्नेछन्। अहमदावाद मुनिसिपल कर्पोरेसनद्धारा ट्रम्पलाई स्वागत गर्ने कार्यक्रमको नाम नमस्ते ट्रम्प राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved