बीमा कम्पनीलाई अर्थमन्त्रीले भने 'अभिकर्ताको मात्र भर नपरी शाखा विस्तार गर्नुस'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 06:00:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमाको पहुँच बढाउनका लागि शाखा कार्यालय विस्तारमा ध्यान दिनु पर्ने बताएका छन् । राष्ट्रिय बीमा संस्थानको ५३ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बीमाको पहुँच बढाउनका लागि बीमकले अभिकर्तामा मात्रै भर नपरि शाखा विस्तारमा समेत ध्यान दिनु पर्ने बताएका हुन् । 

बीमकले बीमाको पहँुच विस्तारका लागि भाषाका माध्यममा समेत ध्यान दिनु पर्ने उनले बताए । स्थानिय भाषा बोल्न जान्ने मानिसहरुलाई अभिकर्ता बनाएर बीमा बजारमा परिचालन गर्नु पर्ने कुरामा मन्त्री खतिवडाले जोड दिएका छन्  । 

साथै, उनले बीमकलाई छिटो तरिकाले भुक्तानी दिन मिल्ने विधिमा जान समेत अनुरोध गरेका छन् । बीमकले समयमै भुक्तानी पाउनका लागि प्रविधिलाई आत्मसाथ गर्नु पर्ने कुरामा उनले जोड दिए । प्रविधिको युगमा प्रविधिको उच्चतम प्रयोग गरेर दावी भुक्तानीका कार्यलाई छिटो छरितो बननाउनु पर्ने बताए  । ‘समयमा नै बीमितलाई क्षतिपूर्ति दिन सकिएन भने जतिसुकै शाखा विस्तार गरे पनि बीमाकोे विस्तार हुँदैन् । अब बीमकले छिटो तरिकाले बीमितले पाउने भुक्तानी लिने विधिमा जानु पर्ने अवस्था आएको छ ।’ उनले भने  । 

उनले बीमाको भुक्तानी लिने झन्झटिलो बनाउने नहुने बताए  ।  उनले भने 'बीमा गरेपछि भुक्तानीका लागि १० थरि प्रमाण जुटाउनु पर्ने अवस्था रहेको छ । समयमा भुक्तानी पाईएन, आफु सुरक्षित हुनका लागि गरेको वित्तीय लगानीबाट प्रतिफल खाजेको बेलामा पाईएन भने कोही पनि त्यहाँ जादैन ।’ 

मन्त्री खतिवडाले नेपालमा रहेको एउटा मात्रै पूनर्बीमा कम्पनीका  विषयमा छलफल चलाउनु पर्ने कुरामा जोड दिए । ‘हामीसँग एउटा मात्रै पूनर्बीमा कम्पनी छ । यो विषयमा छलफल चलाउनु पर्ने छ । के एउटा मात्रै पूनर्बीमा कम्पनी हुनु पर्ने हो ? के यो नेपाली बीमा बजारका लागि पर्याप्त छ । के एउटा मात्रै पूनर्बीमा कम्पनी सधै भई रहनु पर्ने हो ?’ उनले भने । ‘यदि हामीले बीमाका जोखिमलाई विविधिकरण गर्ने हो भने पूनर्बीमाका जोखिमलाई पनि त विविधिकरण गर्नु पर्ने होला । यो विषयमा तपाईहरु विज्ञको धारण चाहियो ।’ बीमाका जोखिमलाई विविधिकरण गर्न पूनर्बीमाको जोखिमलाई पनि विविधकरण गर्नु पर्ने आवश्यकता  औंल्याए । 

 उनले सरकारले चरम गरिबीको रेखामुनि रहेका जनताहरूलाई निशुल्क स्वास्थ्य बीमा गर्ने रणनिती अघि सारेको बताए । आफैले योगदान गरेर बीमा सेवा प्राप्त गर्न नसक्ने समुहलाई सरकारले निशुल्क स्वास्थ्य बीमा सुविधा दिने अवधारणा अघि सारेको बताए । चरम गरिबीमा रहेका गरिबीहरु करीब साढे १६ लाख रहेको उनको भनाई छ । 

‘पहिला २५ सय तिरेर एक लाख रुपैयाँ सम्मको कभर हुन्थ्यो त्यो बढाएर अहिले ३५ सय तिरेपछि २ लाख रुपैयाँसम्म कभर हुने व्यवस्था गरेका छौं । गरिबीको रेखामुनि रहेका जनताहरुले त्यो बीमा शुल्क तिर्नु पर्दैन ।’ मन्त्री खतिवडाले भने । बीमाको दायरा बढाउँदा साना, सीमान्तकृत र चरम गरिबीको रेखामुनी रहेकालाई पनि समेट्ने गरी लाग्न उनले आग्रह गरे ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved