६० हजार नेपाली रहेको दक्षिण कोरीयामा ह्वात्तै बढ्यो कोरानाको संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 07:28:57 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियामा कोरोना भाईरस संक्रमीतको संख्या तिब्र रुपमा बढेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार संक्रमितको संख्या ६ सय भन्दा बढी पुगेकोे छ । संक्रमित मध्ये ५ जना मृत्यु भईसकेको छ ।

संक्रमितको संख्या बढदै जादा त्यहाँ रहेका नेपालीहरुमा त्रास बढेको छ । हाल दक्षिण कोरीयामा ६० हजार भन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा छन् । 

दक्षिण कोरिया स्थित नेपाली दुतावासले यदि कसैलाई कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गई चेकजाँच गर्न आग्रह गरेको छ । दुतावासले यसरी चेकजाँच गर्न जाँदा अवैध रुपमा बसेका नेपालीहरुलाई कुनै पनि बहानामा पक्राउ गर्ने, स्वदेश फर्काउने जस्ता कार्य नहुने प्रष्ट पारेको छ  । 

दुतावासले धेरै संक्रमितको संख्या रहेको थेगु शहर र आसपास रहेका सम्पूर्ण नेपालीलाई विशेष सावधानी अपनाउन समेत अनुरोध गरेको छ । हालसम्म भने नेपालीहरु सुरक्षित रहेको दुतावासले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved