वायु सेवा निगमले २५ प्रतिशत सेयर बिक्री गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 08:47:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले २५ प्रतिशत सेयर बिक्री गर्ने भएको छ  । निगमको संचालक समितिको बैठकले  २५ प्रतिशत सेयर बिक्री गरी  निगमको निजीकरण गर्न प्रस्ताव पारित गरेको हो 

सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलअनुसार ७५ प्रतिशत शेयर सरकार कै रहने गरि बाँकि २५ प्रतिशत शेयर निजि क्षेत्रलाई दिईने तयारी भएको हो । २५ प्रतिशत मध्ये २२ प्रतिशत सेयर निजी कम्पनीलाई बिक्री गर्ने र ३ प्रतिशत सेयर निगमका कर्मचारीलाई दिने गरी प्रस्ताव भएको छ ।  

हाल निगमले तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निजीकरणको सिफारिस गरेको हो । अब पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा सहमतिको लागि प्रस्ताव गर्ने छ । अर्थले सहमति दिएपछि पर्यटन मन्त्रालयले  मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ । 

लामो समयदेखि निगमले आईपिओ निष्काशन गर्ने चर्चा चलेपनि निगमले गरेको प्रस्ताव सरकारले पारित गरे सर्वसाधारणले शेयर पाउने छैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved